मन्त्री आलेको एक्सनले भट्टराईलाई तनाव !
मन्त्री आलेको एक्सनले भट्टराईलाई तनाव !

पुर्वमन्त्री भट्टराईको कार्यकालमा अनुमति पाएको बतास समूहको सिंहदरबार भित्रको रेष्टुरेन्टको संरचना मन्त्री आलेको ठाडो निर्देशनमा भत्काएपछि विवादमा उत्कर्षमा पुगेको थियो ।

    • Bell Sanchar

    • १ माघ २०७८, शनिबार

संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफ्नो मातहतका मन्त्रालयले गरेका अगिल्लो विवादास्पद निर्णयहरुमा चासो देखाउन थालेछि पुर्वमन्त्री योगेश भट्टराईलाई तनाव उत्पन्न भएको छ ।

विशेषगरी बतास समुहलाई सिंहदरबार भित्र रेष्टुरेन्ट सञ्चालन गर्नको लागि कौडीको भाउमा जमिन दिएको विषयबाट एकाएक भट्टराई विवादमा तानिए पछि यतिबेला बजारमा सर्वत्र आलोचना भइरहेका छन् ।

आफ्नो कार्यकालमा भएको उक्त विवादास्पद निर्णयबाट पन्छिन आफुलाई बतास समूहलाई सिंहदरबार भित्र रेष्टुरेन्ट सञ्चालन गर्न दिने विषयमा जानकारी नभएको प्रतिक्रिया दिएपछि भट्टराई झन थप आलोचित भएका थिए ।

भट्टराईले एक सार्वजनिक कार्यक्रममा मन्त्री प्रेम आले असभ्य र अनैतिक ढंगले प्रस्तुत भएको देखि काठ तस्कर, सुन तस्कर, विदेशबाट फर्किद रोलेक्स गडि, रक्सी ल्याएको सम्मको गम्भीर आरोप लगाएपछि मन्त्री आले उक्त आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

पुर्वमन्त्री भट्टराईको कार्यकालमा अनुमति पाएको बतास समूहको सिंहदरबार भित्रको रेष्टुरेन्टको संरचना मन्त्री आलेको ठाडो निर्देशनमा भत्काएपछि विवादमा उत्कर्षमा पुगेको थियो ।

कोरोनाको पहिलो र दोस्रो संक्रमणका बेला विदेशमा फसेका नागरिक उद्धारका क्रममा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको उडान कटौती गरि हिमालय एयरलाइन्सलाई जिम्मा दिएको र यात्रुसंग बढी भाडा असुलेको विषयमा छानबिन गर्न मन्त्री आले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेपछि भट्टराईलाई थप तनाव बढेको छ ।

भट्टराई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुदा उनले नेपाल एयरलाइन्सलाई ५६ वटा चार्टर्ड उडान गर्दा हिमालय एयरलाइन्सले २३१ उडान भरेको थियो । जसको कारण निगमको आम्दानीको स्रोत खुम्चिएको थियो । मन्त्री आलेले यो निर्णय तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईकै मिलोमतोमा भएको बताएका छन् ।

कोभिड महामारीको समय ओम्नि समूहले चिनबाट स्वास्थ्य सामाग्री ल्याउदा नेपाल एयरलाइन्सलाई दिनुपर्ने १ करोड ७४ लाख रुपैयाँ भाडा २१ महिना हुदा पनि नपाएको खुलासा गरेका छन । तत्कालिन पर्यटन मन्त्री भट्टराईको ठाडो आदेशमा ओम्नि समूहले स्वास्थ्य सामग्री ल्याएको जहाजको भाडा अहिलेसम्म नतिरेको बताए । निगमको खातामा पैसा नआउदा सम्म कुनै किसिमको उडान भर्ना नपाउने नियमलाई समेत कुल्चेर मन्त्रीकै मिलेमतोमा यो निर्णय भएको थियो ।

नेपाल एयरलाइन्स कम्पनीलाई निजीकरण गर्ने काम भट्टराईको पालामा भएको थियो । तत्कालीन मन्त्री भट्टराईले निगमको नाममा रहेको सिनामंगलको जग्गा प्रतिअना एक करोडमा पनि नपाउने ठाउमा प्रतिअना ३२ लाख, न्युरोडमा प्रतिअना १० करोडमा पनि नपाउने जग्गालाई प्रति अना २ करोडमा मुल्यांकन गरेर कौडीको भाउमा बेचेको थियो

क्यान अन्तरगत रहेको ग्राउन्ड ह्यान्डलिङको सेल्फ ह्यान्ड ग्राउन्ड ह्यान्डलिङ गर्ने जिम्मा पनि हिमाली एयरलाइन्सलाई दिएको पाइएको छ । जहाँ ग्राउन्ड ह्यान्डलिङबाट हजारौं कर्मचारीहरुले तलब खाइरहेका बताए ।

मन्त्री आलेको अनुसार पछिल्लो विवादित बतास समूहका डिम प्रसाद पौडेललाई निगमको महानिर्देशक, डा. धनन्जे रेग्मीलाई पर्यटन बोर्डको सिईओ बनाएको बताए । साथै तत्कालिन मन्त्री भट्टराईले बनाएको व्यक्ति दुबैजना बतास समूहको शेयहोल्डर रहेको खुलासा गरेका छन् । यतिबेला भट्टराईलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले विभिन्न नकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित