पार्टी महासचिवमा दाबी यथावत : नेता पुन
पार्टी महासचिवमा दाबी यथावत : नेता पुन
    • Bell Sanchar

    • ११ माघ २०७८, मंगलवार

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी यथावत रहेको बताउनुभएको छ ।

झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश आइपुग्नुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताउनुभएको हो ।

यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनको भनाइ थियो ।

केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

साताकाे चर्चित
सम्बन्धित