रुसविरुद्ध प्रत्यक्ष लडाइँ नगर्ने अमेरिकी राष्ट्रपति बाइडेनको प्रष्टोक्ति, ‘हामी तेस्रो विश्वयुुद्ध चाहदैनौं’
रुसविरुद्ध प्रत्यक्ष लडाइँ नगर्ने अमेरिकी राष्ट्रपति बाइडेनको प्रष्टोक्ति, ‘हामी तेस्रो विश्वयुुद्ध चाहदैनौं’
    • Bell Sanchar

    • २८ फाल्गुन २०७८, शनिबार

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् ।

‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने ।

यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ ।

युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए ।

यसैबीच, रुसी सेनाले युक्रेनका तीन ओटा मुख्य सहरहरुमा हमला गरेको छ । यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिस्कर्ष टुंगिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित