पन्जाबको गाउँमा सपथ लिए मुख्यमन्त्री मानले, भने- एक दिन पनि खेर फाल्ने छैनौं
पन्जाबको गाउँमा सपथ लिए मुख्यमन्त्री मानले, भने- एक दिन पनि खेर फाल्ने छैनौं

आप नेतृत्वको सरकारले पन्जाबलाई सुनौलो र रंगिन बनाउने उनको विश्वास छ।

    • Bell Sanchar

    • २ चैत्र २०७८, बुधबार

भारतीय राज्य पन्जाबका नयाँ मुख्यमन्त्री भागवान्त मानले बुधबार एउटा गाउँमा आयोजित समारोहबीच पद तथा गोपनियताको सपथ लिएका छन्।

एनडिटिभीका अनुसार आम आदमी पार्टी  (आप) का नेता मानले भारतीय स्वतन्त्रता आन्दोलनका योद्धा सरदार भगत सिंहको गाउँमा खट्कर कलानमा राज्यका गभर्नरबाट सपथ लिएका हुन्।

सपथ समारोहमा सहभागीलाई सम्बोधन गर्दै मानले आजैबाट काम सुरू गर्ने र एकदिन पनि खेर नफाल्ने बताएका छन्।

आप नेतृत्वको सरकारले पन्जाबलाई सुनौलो र रंगिन बनाउने उनको विश्वास छ।

मानको सपथ समारोहमा दिल्लीका मुख्यमन्त्री एवं आपका संस्थापक अरबिन्द केजरीवाल पनि सहभागी थिए।  ४८ वर्षीय मान भारतमा आपबाट मुख्यमन्त्री बन्ने केजरीवालपछि दोस्रो व्यक्ति हुन्।

मार्च १० मा आएको पन्जाब विधान सभाको मतपरिणाममा आपले ११७ मध्ये ९२ सिट जितेको थियो।

आफ्ना सांसदहरूलाई मानले राजधानी चन्डीगढमा नबस्न र भोट माग्न गाउँ-गाउँ गएजसरी काम गर्न गाउँ-गाउँ जान निर्देशन दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित