निर्वाचनमा जनताले एमालेलाई सजाय दिनुपर्छ: झलनाथ खनाल
निर्वाचनमा जनताले एमालेलाई सजाय दिनुपर्छ: झलनाथ खनाल
    • Bell Sanchar

    • २१ चैत्र २०७८, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सजाय दिनुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कार्यसमिति दाङले सोमबार घोराहीमा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानको प्रावधानविरूद्ध गएर संसद विघटन गर्ने पटक-पटक संविधानको अपमान गर्ने अपराधीलाई निर्वाचनका माध्यमबाट जनताले दण्डित गर्नुपर्ने बताएका हुन्।

ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रूपमा जीवन बिताउनुपर्ने तर संविधान उल्लंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै वरिष्ठ नेता खनालले नेपाली जनताले उनलाई निर्वाचनको माध्यमबाट सजाय दिनुपर्ने बताए।

उनले सही कार्यदिशा र वैचारिक बहस हुने पार्टी सानो भए पनि विस्तारै ठूलो हुँदै जाने र स्पष्ट कार्यदिशा र वैचारिक बहस नहुने पार्टी क्रमिक रूपमा ओरालो लाग्ने भएकाले अहिले नेकपा एमाले त्यही बाटोमा लागेको ओरोप लगाए।

‘गलत कार्यदिशा र नेतृत्वका कारण एमाले दक्षिणपन्थी खाडलमा उधो मुन्टो लगाएर जान खोजेको छ’,नेता खनालले भने,‘त्यसमा फस्यो भने फेरि उम्किने छैन।’

 

साताकाे चर्चित
सम्बन्धित