अमेरिकी सांसद र नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच अन्तर्क्रिया
अमेरिकी सांसद र नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच अन्तर्क्रिया

टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।

    • Bell Sanchar

    • ११ बैशाख २०७९, आईतवार

नेपाल भ्रमणमा रहेका भएका अमेरिकी संसदीय टोलीले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेको छ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरूले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरूको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरूको टोलीले राखेको समूहका संयोजक मिनेन्द्र रिजालले जानकारी दिए।अन्तर्क्रिया कार्यक्रममा अमेरिकी सांसदहरूले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताए। दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरूले नेपाल भ्रमण गरेका हुन्।

टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटगरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित