चुनाब अघि ओलीको आयोजित सभामा भीड, नतिजामा भने शून्य
चुनाब अघि ओलीको आयोजित सभामा भीड, नतिजामा भने शून्य
    • Bell Sanchar

    • ६ जेष्ठ २०७९, शुक्रबार

जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खश इतिहासलाई सहयोग गर्ने आश्वासन समेत बाँडे। ‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु,’ उनले भनेका थिए, ‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु। ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं।’

गत चैत १७ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुगे। चुनावलक्षित उनको सभामा जुम्लाबासीको भीड लाग्यो र त्यसलाई नेकपा एमालेले पार्टीप्रतिको आकर्षणका रुपमा प्रचार समेत गर्‍यो।

ओलीले त्यही सभामा भने, ‘नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ।’

ओलीको सभामा पुगेको भीडले स्थानीय तह निर्वाचन २०७९ मा एमालेलाई नपत्याएको देखिएको छ। आठवटा स्थानीय तह रहेको जुम्लामा नेकपा एमाले शून्य भएको छ।

आठवटै स्थानीय तहको अन्तिम मतगणना सार्वजनिक हुँदा नेपाली कांग्रेसले पाँच र नेकपा माओवादी केन्द्रले दुई तथा स्वतन्त्र उम्मेदवारले एक पालिका जितेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पातारासी नेपाली कांग्रेसका पूर्ण सिंगे बोहोरा २७६८ मतसहित विजयी भए। गुठीचौरमा नेपाली कांगेसका दानबहादुर बुढा विजयी भएका छन्।

तातोपानीमा  कांग्रेसका नन्द प्रसाद चौलागाईल विजयी भएका हुन्। यसैगरी हिमामा कांग्रेसकै लक्ष्मण बहादुर शाही निर्वाचित भए। कनकासुन्दरी गाउँपालिकामा अध्यक्षमा कांग्रेस दामोदर प्रसाद आचार्य विजयी भए।

साताकाे चर्चित
सम्बन्धित