रेणु दाहाल जित नजिक भरतपुरको मेयरमा
रेणु दाहाल जित नजिक भरतपुरको मेयरमा
    • Bell Sanchar

    • ९ जेष्ठ २०७९, सोमबार

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख   चित्रसेन अधिकारी जित नजिक पुग्नुभएको हो ।  अब महानगरमा  २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ  हजार २२५ मत गणना भइसकेको छ ।

प्रमुखमा माओवादी केन्द्रकी दाहाल १० हजार १२६ र कांग्रेसका अधिकारी १८ हजार ४२२ मतले अगाडि हुनुहुन्छ । प्रमुखमा दाहालले ४४ हजार ३०५, एमालेका विजय सुवेदीले ३४ हजार १७१ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ५१५ मत पाउनुभएको छ । उपप्रमुखमा अधिकारीले ४५ हजार ४६८, राप्रपाका हिमला गुरुङले २७ हजार ४६ मत ल्याउनुभएको छ ।

प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुग्नुभएको हो । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ । महानगर पालिकामा २९  वडा छन् । यी दुई वडाको मत गणना पछि चार  वडा मात्र गणना गर्न बाँकी रहन्छ ।  महानगरपालिकामा जित नजिक पुग्नुभएकी दाहाल यसअघिको महानगरको प्रमुख हुनुहन्थ्यो । उहाँलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ । निकट मत रहनुभएका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार हुनुभएको हो । उहाँलाई राप्रपाको साथ रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित