आज १७ खर्ब माथिको बजेट आउँदै
आज १७ खर्ब माथिको बजेट आउँदै
    • Bell Sanchar

    • १५ जेष्ठ २०७९, आईतवार

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब माथिको बजेट ल्याउन लागेको छ । अपरान्ह ४ बजे अर्थमन्त्री जर्नादन शर्माले बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

बजेट साँढे १७ खर्ब सम्मको हुने विश्वस्त स्रोतले बताएको छ । स्थानीय तह, प्रदेश र केन्द्रका लागि विनियोजन हुने बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको बुझिएको छ ।

स्थानीय तहमा मात्र ३ खर्ब बजेट विनियोजन गरिएको छ । प्रदेशमा पनि १ खर्ब माथि बजेट विनियोजन गरिएको बुझिएको छ ।

वृद्धभत्ताको उमेर घटाइएको, अविवाहितको हकमा ५ लाख र विवाहितको हकमा साँढे ५ लाखसम्म वार्षिक आम्दानी गर्नेलाई १ प्रतिशतमात्र कर लाग्ने बताइएको छ ।

इन्धनमा लाग्ने कर घटाएर मूल्य समायोजन गर्ने गरी कर घटाउन लागिएको छ । सरकारले लोकप्रीय कार्यक्रमहरु ल्याएर चुनावमा नागरिकको मन जित्ने रणनीति समेत बनाएको छ ।

८ कक्षासम्मका विद्यार्थीलाई दिवाभोजका लागि बजेट बढाइएको बुझिएको छ । युवालाई आकर्षित गर्ने खालका विषय पनि बजेटमा समावेश गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित