प्रतिपक्षीको हालत जुम्लाको भालुको जस्तै, संसदमा हात चाट्दै सांसद महतले भने
प्रतिपक्षीको हालत जुम्लाको भालुको जस्तै, संसदमा हात चाट्दै सांसद महतले भने
    • Bell Sanchar

    • १७ जेष्ठ २०७९, मंगलवार

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रमुख प्रतिपक्षी दलको हालत हिउँदमा खान नपाएको भालुको जस्तै भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै कर्णालीका सांसद महतले प्रतिपक्षी दलप्रति कटाक्ष गर्न जुम्लाको किस्सा सुनाएका हुन् ।

‘हाम्रो जुम्लातिर हिउँद याममा भालुले के गर्छ रे भन्दा, खान नपाएपछि बर्खामा मकै खाएको हात यही त हो नि भनेर चाट्छ रे, मह खाएको हात यही त हो नि भनेर यसरी (हात चाटेको संकेत गर्दै) चाट्छ रे । म्याल, स्याउ आलु र ओखर खाएको हात यही हो भनेर चाट्छ’ संसदको रोष्टममा उभिएर हात चाटेको भावसहित सांसद महतले भने, ‘अहिले प्रतिपक्षलाई हिउँद याम लागेका छ । अरू धेरै भन्दिन ।’

महतले अर्थमन्त्री जनार्दन शर्माले जनतालाई पढेर बजेट ल्याएका कारण राम्रो बजेट आएको दाबी गरे । ‘अर्थमन्त्रीले जनतालाई पढेर बजेट ल्याउनु भएको छ, यसअघि डाक्टर पढेकाहरु कसैसँग सल्लाह नगर्ने, मै जान्ने हुँ भनेर आउने गरेकोमा यसपटक सबैसँग सल्लाह गरेर बजेट ल्याएको हुँदा ठिकै लागेको छ । त्यसैले समर्थन गरेको छु’ महतले भने ।

साताकाे चर्चित
सम्बन्धित