पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि
पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि
    • Bell Sanchar

    • ६ असार २०७९, सोमबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

निगमले (हिजो) आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २१ रूपैयाँ, डिजेल र मट्टितेलमा २७ रूपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रूपैयाँ र बाह्य हवाइ इन्धनमा प्रतिकिलोलिटर १०० डलरले वृद्धि गरेको जनाएको छ।

जस अनुसार अब पेट्रोलका लागि प्रतिलिटर १९९ रूपैयाँ तिर्नुपर्ने छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैयाँ हुने छ । त्यस्तै, आन्तरिक हवाइ इन्धन प्रतिलिटर १८५ रूपैयाँ हुनेछ।

हाल निगमले खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित