काठमाडौं र ललितपुरमा कहाँ-कहाँ भेटियो हैजाको जीवाणु?
काठमाडौं र ललितपुरमा कहाँ-कहाँ भेटियो हैजाको जीवाणु?

धारा, जार, इनारलगायत विभिन्न स्रोतका पानीका नमूना परीक्षण गर्दा हैजाका जीवाणु फेला परेका छन्।

    • Bell Sanchar

    • १४ असार २०७९, मंगलवार

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।

काठमाडौंको बागबजार, डिल्लीबजार, नैकाप, थानकोट, कपन, बूढानिलकण्ठ, बालाजु, बोहराटार, बल्खुमा हैजाका जीवाणु फेला परेका छन्।

ललितपुरको सानेपामा पनि हैजाको जीवाणु फेला परेको छ।

पानीमा हैजाको जीवाणु रहेको भेटिएपछि ललितपुरमा सडक पेटीमा पानीपुरी र चटपटे विक्री वितरण गर्न ललितपुर महानगरले रोक लगाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पानीका स्रोतमा हैजाका जीवाणु फेला परेका छन्।

धारा, जार, इनारलगायत विभिन्न स्रोतका पानीका नमूना परीक्षण गर्दा हैजाका जीवाणु फेला परेका छन्।

काठमाडौंको बागबजार क्षेत्रका एकै परिवारका दुई जनामा सुरूमा हैजा देखिएपछि सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको थियो। पछिल्लो समय हैजाका बिरामी बढ्दै गएका छन्।

बल्खु र कोटेश्वर क्षेत्रका मानिसमा पनि हैजाका जीवाणु देखिएपछि थप सतर्कता अपनाइएको छ। हैजाका जीवाणु देखिएका बिरामीको टेकु, पाटन, बयोधालगायत अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन्। बिरामी भएकामध्ये केही निको भएर घर फर्किसकेका छन्।

साताकाे चर्चित
सम्बन्धित