कार्यपालिकाको बैठक लाइभ नगर्दा हुँदैन ?
कार्यपालिकाको बैठक लाइभ नगर्दा हुँदैन ?

वडा अध्यक्ष भन्छन्:अहँ हुँदैन

    • Bell Sanchar

    • २३ असार २०७९, बिहीबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले गरेका वाचा पूरा गर्न नसक्दा आलोचना खेप्नुपरेको छ । विशेष गरी फोहोर व्यवस्थापन गर्ने विषयमा मेयर साहले बोली फेरेर वडा अध्यक्षलाई झुक्याएपछि वडा अध्यक्षले आक्रोश पोखेका थिए । मेयर साहले असार ५ गते सम्पन्न कार्यपालिकाको पहिलो बैठकदेखि लाइभ गर्नुभएको थियो । पहिलो बैठकमै भाँती नपु-याएका कारण मेयर साहले आलोचना खेप्नुप-यो ।

वास्तवमा मेयरले कार्यपालिकाको बैठक लाइभ नगर्दा हुँदैन । तर, मेयर र वडा अध्यक्षको चाहना फरक छ, भनाभन भए पनि लाइभ गर्नेपर्छ । मेयरले वाचा पूरा गरे नगरेको सुन्नैपर्छ ।मंगलबार सम्पन्न पाँचौं बैठकमा नेपाली कांग्रेसबाट विजयी वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनलाई गलत आश्वासन दिएको कारण आलोचना खेप्नुप¥यो । टेकु ट्रान्सफर स्टेसनमा दैनिक फोहोरका डंगुर थुप्रिएर हटाउन नसकेको भन्दै वडा अध्यक्ष महर्जनले मेयरलाई काठमाडौंलाई फोहोरमुक्त बनाउने मेयरको कुरामा आफूलाई विश्वास नलागेको आरोप लगाउनुभयो । समाचार पत्र

साताकाे चर्चित
सम्बन्धित