देशभर थपिए ५४२ कोरोना संक्रमित
देशभर थपिए ५४२ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो।  

    • Bell Sanchar

    • २ भाद्र २०७९, बिहीबार

पछिल्लो २४ घन्टामा देशभर थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ९३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ८२ जनाको पिसिआर र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५२६५ जना सक्रिय संक्रमित छन्।

४२१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

साताकाे चर्चित
सम्बन्धित