आकांक्षी धेरै भएपछि ९ जना सचिव
आकांक्षी धेरै भएपछि ९ जना सचिव
    • Bell Sanchar

    • ४ भाद्र २०७९, शनिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा  ७ जना उपमहासचिव र  ९ जना सचिव बनाएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा प्रचण्डकाे प्रस्तावलाई अनुमाेदन गरेकाे प्रवक्ता कृष्णबहादुर महराले बताए।

पार्टीकाे उपमहासचिवमा  वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव रहेका छन्।

भने, उपमहासचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन्।

पार्टीभित्र धेरै आकांक्षा रहेको महासचिवमा देव गुरुङलाई अघि सारेका छन्। प्रचण्डले पुन र शर्मालाई धकेल्दै गुरुङलाई महासचिव बनाएका छन्।

प्रचण्डको पछिल्लो प्रस्तावअनुसार अब पार्टीमा एक अध्यक्ष  एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष,  एक महासचिव, ७ उपमहासचिव, ९ सचिव  र एक कोषाध्यक्ष रहेका छन्।

पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई अघि बढाएका छन्। प्रचण्डले आकांक्षी धेरै भएपछि पार्टी पदाधिकारी २१ जनाको बनाएका छन्। गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने निर्णय गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित