ढुक्कले चुनाव जित्ने ज्ञानेन्द्र शाहीको ठोकुवा
ढुक्कले चुनाव जित्ने ज्ञानेन्द्र शाहीको ठोकुवा
    • Bell Sanchar

    • ६ भाद्र २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार ज्ञानेन्द्र शाहीले जुम्लाबाट ढुक्कले चुनाव जित्ने बताएका छन् ।

जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने ठोकुवा गरेका हुन् ।

आइतबार विहान चन्दननाथ नगरपालिका–५ जुगाड खोलास्थित सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

सम्पर्क कार्यालय उद्घाटनपछि बोल्दै शाहीले कुनै पार्टी र दलहरु विरुद्ध नभई मुलुकको नेतृत्व तथा जुम्लाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने,“२०४६ साल यताका विभिन्न निर्वाचनमा जिताएर पठाएका जुम्ली नेताले मुलुकको नेतृत्व गर्ने हैसियत राखेनन् । जुम्ला सहितको कर्णालीको वास्तविक गुनासा केन्द्रले पनि सम्बोधन गर्न सकेन् । त्यसैले केन्द्रका टाउकेहरु संग प्रतिस्प्रधा गर्न मेरो उम्मेदवारी हो । जिल्लाा सबै नेता प्रति मेरो सदभाव सहकार्य र सम्मान सधै रहन्छ ।”

साथै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याएर जित्ने समेत शाहीले ठोकुवा गरे । आठै पालिकाका कार्यकर्तासँगको प्रत्यक्ष भेटघाट तथा छलफलपछि बहुमतले चुनाव जित्ने शाहीको दाबी छ ।

ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तरगत साउन २८ गते सिंजा गाउँपालिका, २९ गते कनकासुन्दरी गाउँपालिका, ३० गते हिमा गाउँपालिका ३१ गते तिला गाउँपालिका, १ गते तातोपानी गाउँपालिका, २ गते गुठिचौर गाउँपालिका र ३ गते पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम थालिएको छ ।

आफुले निर्वाचन जितेको खण्डका जुम्लाका आठै पालिकाका र विषय कार्यालयमा आउने पुजिँगत बजेटमा हुने भ्रष्टचारलाई शुन्यमा झार्ने र बजेट खर्चलाई शत प्रतिशत कार्यान्वयन गर्न जोड दिने उल्लेख गरे ।

जिल्लाको विकास गर्ने दृढ इच्छा र हुटहुटी रहेकाले एक पटक जुम्ली जनताले आफुलाई सहयोग गरिदिन समेत उम्मेदवार शाहीले अपिल गरेका छन् । संघियतापछि बढेको आर्थिक अनियमिततालाई न्युनिकरण गर्न,जिल्लाको विकास गर्न,मुलुकको नेतृत्व जुम्लाले गर्न,केन्द्रका टाउँके नेतासँग प्रतिस्प्रर्धा गर्न र मुलुकको आर्थिक राजनीति र सामाजिक अबस्थालाई परिवर्तन गर्न आफुले उम्मेदवारी रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शाहीले  प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गरेका हुन् ।

 

साताकाे चर्चित
सम्बन्धित