स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु,
स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु,

साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।

    • Bell Sanchar

    • २७ भाद्र २०७९, सोमबार

काठमाडौं

नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ ।

साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।

‘उनलाई डेंगु संक्रमण प्रमाणित भएको छ । आजको खेलमा हाम्रा एक महत्वपूर्ण खेलाडी मैदान उत्रिने छैनन्,’ प्रशिक्षक कुमार थापाले बताए ।

थापाका अनुसार आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् । ‘उनलाई ज्वरो छ ।

अब यो खेल त खेल्न सक्दिनन्, अरु बाँकी खेलमा उनको रिकोभरी कस्तो हुन्छ त्यहि अनुसार हुनेछ,’ उनले भने ।

पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्ने छ ।

बेलुकी ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन यो खेल ३ गोलभन्दा कमको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।

साताकाे चर्चित
सम्बन्धित