नवौँ राष्ट्रिय खेलकुद : आर्मीको जित   
     नवौँ राष्ट्रिय खेलकुद : आर्मीको जित   

आर्मीका लागि हरि चौहानले ३५ तथा अर्जुन साउदले अविजित २८ रन बनाए । भीम सार्कीले अविजित १८ रन बनाए ।    

    • Bell Sanchar

    • २८ भाद्र २०७९, मंगलवार

काठमाडौँ,
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० ओभर तीन बलमा एक विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि हरि चौहानले ३५ तथा अर्जुन साउदले अविजित २८ रन बनाए । भीम सार्कीले अविजित १८ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १९ ओभरमा नौ विकेट गुमाएर ८५ रन जोडेको थियो । उसका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ तथा सन्दीप रजालीले १५ रन बनाएका थिए । यसैगरी देव खनाल र बासिर अहमदले १३÷१३ रन बनाए ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारीले पाँच विकेट लिए । त्यस्तै हरि चौहानले दुई तथा आकाश चन्द र सोमपाल कामीले समान एक÷एक विकेट लिए । जितसँगै आर्मीको चार खेलमा छ अङ्क भएको छ ।

लुम्बिनीको भने पाँच खेलमा तीन अङ्क रहेको छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित