प्रचण्डको चुनावी गीत बद्री पंगेनीको स्वरमा
प्रचण्डको चुनावी गीत बद्री पंगेनीको स्वरमा
    • Bell Sanchar

    • १५ कार्तिक २०७९, मंगलवार

नेकपा एमालेको चुनावी गीत गाएपछि विवादमा परेका लोकगायक बद्री पंगेनीले यसपटक भने माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् । सोमवार सार्वजनिक भएको ‘अघि बढ प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा गायक पंगेनी र स्मिता दाहालले स्वर दिएका छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।

गीतको शब्द भने चर्चित गीतकार एकनारायण भण्डारीले लेखेका हुन् । उनै भण्डारी एमालेको चर्चित चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’को रचना गरेका थिए । उक्त गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ ।

मौसम हिमालीको निर्देशनमा तयार ‘अघि बढ प्रचण्ड’ गीतको भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियो उनकै सम्पादनपछि ‘चेतन गोतामे’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

यसअघि लोकगायक बद्री पंगेनीले एमालेको मात्रै चुनावी गीत गाएर चुनाव प्रचारमा सहयोग गरेको भन्ने आरोप लाग्ने गरेको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित