सड्क पुननिर्माणको लागि ५ करोड बजेट विनियोजित, आचार्यलिही देखि कनकासुन्दरी मन्दिरसम्म
सड्क पुननिर्माणको लागि ५ करोड बजेट विनियोजित, आचार्यलिही देखि कनकासुन्दरी मन्दिरसम्म
    • उमेश बुढा

    • २८ मंसिर २०७९, बुधबार

जुम्ला

जुम्लाको हिमा गाउँपालिकाको वडा नम्बर १ आचार्यलिही सिँजा गाउँपालिका हुँदै कनकासुन्दरी ४ को कनकासुन्दरी मन्दिरसम्म सड्क पुननिर्मार्णको लागि अर्थ मन्त्रालयबाट ५ करोट बजेट विनियोजित गरेकोछ ।

गत असोज महिनाको १९ गतेदेखि २३ गतेसम्म अविरल वर्षाका कारण बाढीपहिरोले गर्दा जुम्लाको सिँजा भेगमा जनधनको ठुलो हानी नोक्सानी पुर्याएको थियो । ग्रामीण सड्कबाटो देखि कर्णाली राजमार्गसम्म जोडिएका सड्क पनि वाढीपहिरोले क्षति पुर्याए पछि स्तरवृदिको कार्य भइरहेकोछ । सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार सिँजा क्षेत्रको मुख्य केन्द्रविन्दु रहेको पालिकामा वाढीपहिरोले भत्काएको सड्क पुन सुधारको लागि पाँच करोडको बजेट अर्थमन्त्रालयबाट छुट्याइएको छ ।

शहरी विकास इकाई कार्यलय सुर्खेतले सोमवार खुल्ला प्रतिस्प्रर्धा गरेर बोलपत्र प्रकाशित गरेको धितालले जानकारी दिनु भएकोछ । धेरै मिहिनेत र पर्यासका साथ अर्थमन्त्रालयबाट बजेट विनियोजित भएको र ठेक्का प्रक्रिया भइसकेकोछ । अब छिट्टै भत्किएको सड्क पुननिर्माण हुने धितालले बताए ।

कर्णाली राजमार्गसँग जोडिनको लागि यो सड्क छोटो र हिउँदको समयमा हिउँ परे पनि छिट्टै पग्लिने र पानी जम्ने सम्भावना कम देखिन्छ । पाडिलो वा घाँम लाग्ने ठाउँबाट यो सड्क कनकासुन्दरी सम्म पुग्छ । पुर्खा देखि यो बाटोमा मान्छेहरुको निकै आवतजावत हुने बाटो हो । हिमा गाउँपालिका १ आचार्यलिहीमा जिरो प्वाइन्टदेखि धितालिही ,नराकोट बजार ,धापा,जाँच, झिम्डिकुना लौडिसिम हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने सड्क हो । लगभग यो सड्क १० किलोमिटर रहेकोछ ।

नागरिकहरुले यो सड्क छिट्टै बनाउनको लागि स्थानीय सरकारसँग बारम्बार आवाज उठाउदै आएका छन् । र राजमार्ग जोडिनको लागि कनकासुन्दीको कोटघरमा पक्कि पुल पनि छिटो बनाउनमा पनि नागरिकहरुको आवाज उठेको छ । कोटघरमा पक्कि पुल हुन अतिआवश्यक देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित