सिँजा गाउँपालिकाम एक घर चोरी
सिँजा गाउँपालिकाम एक घर चोरी

घरमुली हरिकन्या घर्तीका अनुसार घर बन्द गरेर तिन आमाछोरा नराकोट गाउँमा गएको मैका छोपी चोरी गरेका छन् ।

    • उमेश बुढा

    • १७ पुष २०७९, आईतवार

 

( जुम्ला । जुम्लाको सिँजा गाउँपालिकामा वडा ३ मा पर्ने चाँफेरा बग्डाजिउलामा रहेको घरमा गए राति चोरी भएको छ ।

घरमुली हरिकन्या घर्तीका अनुसार घर बन्द गरेर तिन आमाछोरा नराकोट गाउँमा गएको मैका छोपी चोरी गरेका छन् । अघिल्लो राती ढोका हानेको र पछिल्लो राती झ्याल तोडफोड गरेको र तेस्रो राती घर चोरी गरेको भनिन्

उनले भनिन् बिज १ थान , गलेतिलहरी १ थान , तामाको ताउलो १ थान , तामाको ग्राह् ि१ थान , सोलार १ थान , दौरासुरुवाल १ थान , जुत्ता २ थान खुकुरी १ थान र अन्दाजी दान १५ केजी सामान चोरले झ्याल फुटालेको र ढोकामा लगाएको थारीम फोरेर घरभित्र पसी चोरेर लिएको घर्तीले बताइन् ।

ईलाका प्रहरी चौकी नराकोटका अनुसार चोरी भएको स्थलमा अनौपचारिक रुपमा गएर चोरी भएको सामान टिपोट गरेकाछौं । तर प्रहरी चौकीमा निवेदन नआएकोले औपचारी रुपमा मुचुल्का नभएको हल्दार विष्नु श्रेष्ठले बताए ।

सिँजा गाउँपालिकामा पटक पटक चोरीका घटना घट्दै आएका छन् । सिँजा गाउँ पालिका नराकोट बजारमा त झनै चोरी हुदै आएको स्थानीयको भनाई छ ।
यस्ता घटनाको बारेमा नत, स्थानीय सरकारले ध्यान दिएको छ नत, प्रहरीले अनुसन्धान गरेको देखिन्छ । यि निकायले घटना बारे चासो नदिनाले दिन प्रत्येक दिन चोरी हुदै गएको पाइन्छ ।

अझै प्रहरी र पालिकाले घटना सम्बन्धि चासो नराखे झनै चोरीका घटना बढ्दै जाने देखिन्छ ।
यस भन्दा अगाडि नराकोट बजारमा मोवायल पसल, फेन्सी पसल , कस्मेटिक पसल खुद्रा पसल , लगायत १ दर्जन भन्दा बढी पसल पटक पटक चोरी भएका थिए ।
यस्तो घटना घट्दै गर्दा अघिल्लो र अहिलेको सरकारले यो विषयमा चासो देखाएको छैन् ।

साताकाे चर्चित
सम्बन्धित