नराकोट स्वास्थ्य चौंकीमा ल्याब , एक्सरे सेवा सुचारू हुँदा स्थानीय हर्षित
नराकोट स्वास्थ्य चौंकीमा ल्याब , एक्सरे सेवा सुचारू हुँदा स्थानीय हर्षित

आमा र शिशुको मृत्युदर घटाउनको लागि ग्रामीण अल्ट्रासाउन्डको उद्येश्य रहेको भण्डारीले बताइन् ।

    • उमेश बुढा

    • १८ पुष २०७९, सोमबार

 

( जुम्ला । सिँजा गाउँपालिकामा रहेको नराकोट स्वास्थ्य चौंकीमा प्रयोगशाला ल्याब र एक्सरे सेवा उद्घाटन हुँदा स्थानिय हर्षित भएका छन् ।

भिडियो एक्सरे स् स्वास्थ्यकर्मी जयलक्ष्मी भण्डारीका अनुसार यो सेवा गर्भवती महिलाहरुको लागि मात्र गरिने सेवा हो । आमा र शिशुको मृत्युदर घटाउनको लागि ग्रामीण अल्ट्रासाउन्डको उद्येश्य रहेको भण्डारीले बताइन् ।

हामीलाई घर नजिकै ल्याब र गर्भवती महिलाको भिडियो एक्सरेबाट चेकजाँच गर्न अब पाइने भएको हुँदा स्थानीय खुम्मेनी बुढा खुसी भएको बताइन् ।

रगत, खोकी, दिसापिसाब , शुगर बल्ड गुरुव लगायतका रोगहरुको ल्याबबाट चेकजाँच गरेर नराकोट स्वास्थ्य चौकीमा सेवा सञ्चालन भएको ल्याब टेक्निसियम अनिल उपाध्यायले बताए ।
नर्मली रोग सम्बन्धिको चेकजाँच गराइन्छ , उपाध्यायले बताए ।

आमाको भेटमा रहेको बच्चा मृत्युु वा जिवित छ की छैन्, बच्चा उल्टो सुल्टो के छ , पाठेघरमा छ की बाहिर बसेको छ , बच्चाको शारीरिक अबस्था अपांग सपाङ्ग के छ लगायतका गर्भवती महिलाको भेट भित्र रहेको बच्चाको भिडियो एक्सरे नराकोट स्वास्थ्य चौकीमा सेवा सुचारु भएको पालिका अध्यक्ष धितालले बताए ।
उनका अनुसार अब सिजाका जनताले टाढा नगएर घर नजिकै सेवा लिन पाउने छन् ।
पालिकाले स्वास्थ्य चौकीमा समस्या भएका भौतिक सुविधा उपलब्ध गराउन पालिका पछि नहट्ने धितालले भने ।

स्वास्थ्य शाखा नराकोट स्वास्थ्य चौकीको प्रयोगशालाको सिँजा गाउँपालिका अध्यक्ष धितालले उद्घाटन गर्नु भएको छ ।
सिजावासी घर नजिकै ल्याब र गर्भवती महिलाको भिडियो एक्सरे गर्न पाउँदा खुसी भएका छन् । उक्त चौकीमा आँखाका रोगीको पनि चेकजाँच गरिन्छ ।

साताकाे चर्चित
सम्बन्धित