जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्राफिक कार्यलय जुम्लाका सहायक प्रहरी निरिक्षक विमल रावलका अनुसार पुरन सारर्कीको घटना स्थलमै मृत्यु भएको हो ।

    • उमेश बुढा

    • २१ पुष २०७९, बिहीबार

 

( जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ श्रीवेणीमा अटो दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ, भने एक जनाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ ।

रारालिहीबाट जुम्ला बजार तर्फ जाँदै गरेको क। स ११ नम्बरको अटो तिला नदिमा खस्दा तातोपानी १ बाइराँका घर भएकाका २९ वर्षिया पुरन सार्की र तिला ३ का २१ वर्षया आकाश थापाको मृत्यु भएको छ ।

ट्राफिक कार्यलय जुम्लाका सहायक प्रहरी निरिक्षक विमल रावलका अनुसार पुरन सारर्कीको घटना स्थलमै मृत्यु भएको हो । आकाश थापाको भने उपचारको क्रममा मृत्यु भएको हो। उनले भने कर्णाली राजमार्ग नाग्म जुम्ला सड्कको तिला ३ को श्रीवेणीमा लगभग १५ मिटर तल तिला नदिमा खसेको जानकारी दिएका छन् ।

मृतक दुबै जनाको शव पोष्टमार्डमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित