जुम्लाकै पहिलो पालिका तातोपानी , वालविवाह विरुद्ध रणनीति बनाउनमा
जुम्लाकै पहिलो पालिका तातोपानी , वालविवाह विरुद्ध रणनीति बनाउनमा
    • उमेश बुढा

    • २२ पुष २०७९, शुक्रबार

जुम्ला

जुम्लाका आठ ओटा पालिका मध्य तातोपानी गाउँ पालिका बाल विवाह विरुद्ध रणनीति तथा कार्ययोजना बनाउनेमा पहिलो पालिका हो ।

जुम्लामा वालविवाहका मुद्दा अदालत , प्रशासन , प्रहरी चौकीमा दर्ता हुन सकेका छैनन् , तर बाल विवाह भने समाजमा जरा गाडेर बसिरहेकोले तातोपानी गाउँपालिकाले १२औं गाउँसभामाको बन्द सत्रमा बाल विवाह न्युनिकरण रणनीति तथा कार्ययोजना बन्द सत्रबाट पास भएको छ ।

गत बैशाखमा निर्वाचित नयाँ सरकारले हाल सम्म गरेका प्रगती प्रस्तुत तथा समिक्षा र विभिन्न कार्यविधि, ऐन निर्देशिका पारित गर्दै गाउँसभा सम्पन्न भएको हो ।

गाउँसभाको उद्घाटन सकिए पश्चात् बन्दशत्रबाट ११ वटा बिभिन्न कार्यविधि तथा निर्देशिका पारित गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।
तातोपानी पालिकामा नागरिकतहबाट उठेका विभिन्न जिज्ञासा , गुनासा र सुझावको सम्बोधन गर्दै निति बनाएको चौलागाईंले भने ।

तातोपानी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९ , सुरक्षित खानेपानी युक्त समुदाय घोषणा निर्देशिका २०७९ , तातोपानी खानेपानी सरसफाई तथा स्वच्छता सुचना व्यवस्थापन प्रणाली निर्देशिका २०७९ , खानेपानी गुणस्तर तथा अनुगमन निर्देशिका २०७९ , तातोपानी गाउँपालिकाको स्थानीय पुर्वाधार मर्मत सम्भार कोश तथा कार्य सञ्चालन कार्यविधि २०७९ , तातोपानी गाउँ पालिका स्थानिय पुर्वाधार विकास संचालन कार्यविधि २०७९ , तातोपानी गाउँ पालिका बाल विवाह न्युनिकरण सम्बन्धि रणनीति तथा कार्ययोजना २०७९ लगायत ११ बुदा ऐन निति सर्वसहमत बाट पारित भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले बताए ।

प्रतिनिधिसभा सदस्य बिनिता कठायतले भनिन् स्थानिय सरकार जनताको नजिकैको सरकार हो । जनताका समस्या छिट्टै हल गर्न दैलोमा पुग्ने सरकार स्थानीय हो बताइन् ।
तातोपानी गाउँ पालिकाको विकासमा जोड दिन आफू पछि नहट्ने र यसमा साथ सहयोग गर्ने दावी समेत कठायतले गरिन् ।

जुम्लाका ८ वडा पालिका भन्दा बाल विवाह न्युनिकरण सम्बन्धि रणनीति तथा कार्ययोजना बनाउने पहिलो पालिका भनेको तातोपानी पालिका हो ।भने ,नेपाल पत्रकार महासंघ शाखा जुम्ला अध्यक्ष नेत्र शाहीले ।
शिशु र आमाको मृत्यु हुनबाट बचाउने र अम्मेर नपुग्दै विवाह गरेर पछि गएर सम्बन्ध विक्षत हुने गरेका घटनाको रोकथाम हुने भएको अध्यक्ष शाहीले बताए ।

साताकाे चर्चित
सम्बन्धित