लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने
लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने
    • Bell Sanchar

    • १३ माघ २०७९, शुक्रबार

 काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पद समेत नरहने भएको छ ।

उनले पार्टी दर्ताका क्रममा पेश गरेको पुरानो नागरिकताले बैधता प्राप्त नगरेपछि पार्टी सभापति र सदस्यता समेत नरहने अवस्था आएको हो ।

‘नेपालको संविधानले नै नेपाली नागरिकले राजनीतिक दल खोल्ने र राजनीतिमा क्रियाशील हुने परिकल्पना गरेको छ’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  भने, ‘कोही व्यक्तिले लिएको नागरिकता पछि बदर भयो वा पेश गरेको नागरिकता अबैध ठहर भएन भने त कसरी राजनीतिक दलको कुनै पद कायम रहन्छ र ?’

मुद्दामा निर्वाचन आयोग समेत विपक्षी भएकाले सर्वोच्च अदालतको संक्षिप्त आदेश निर्वाचन आयोगमा जान्छ । त्यसलगत्तै आयोगले निर्णय गरेर अभिलेखबाट उनको नाम र सदस्यता हटाउने छ ।

साताकाे चर्चित
सम्बन्धित