कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
    • Bell Sanchar

    • १४ फाल्गुन २०७९, आईतवार

महाशाखाका अनुसार आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ ।

यसैगरी दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भूभागमा आंशिक बदली  दखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

 

साताकाे चर्चित
सम्बन्धित