सिँजा ५ मा लक्षित वर्गलाई हलिक्स र कम्बलले सम्मान
सिँजा ५ मा लक्षित वर्गलाई हलिक्स र कम्बलले सम्मान
    • उमेश बुढा

    • १६ फाल्गुन २०७९, मंगलवार

जुम्ला

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपांग लक्षित वर्गलाई कम्बल र हलिक्स दिएर सम्मान गरिएको छ ।

नेष्ठ नागरिक १०५ जना र अपाङ्ग ३१ जनालाई सम्मान गरिएको वडा सचिव मदनसिंह खत्रीले जानकारी दिनु भएको छ ।

उनका अनुसार जेष्ठ नागरिकलाई १०५ वट्टा हलिक्सको कुल रकम ५० हजार रहेको र अपाङ्गता ३१ जनालाई पनि एक एक कम्बल दिएको यसको रकम ४० हजार रहेको सचिव खत्रीले बताए ।

जेष्ठ नागरिकलाई हलिक्सको एक एक बट्टा दिएर उनिहरुको स्वास्थ्यलाई तन्दुरुस्त बनाउन र हलिरक्सको माध्यमबाट पानी धेरै पिउने उद्यश्यले जेष्ठ नागरिकलाई सम्मान गरेको कावा वडा अध्यक्ष ललिता बुढाले बताइन् ।

उनले भनिन् अपाङ्गता व्यक्तिलाई न्यानो राख्नको लागि कम्बलले ३१ जनालाई सम्मान गरेको हो ।

सो कार्यक्रमको प्रमुख अथिति पालिका अध्यक्ष पुर्ण प्रसाद धिताल रहनु भएको थियो ।

प्रमुख अथिति धितालले भने लक्षित वर्गलाई यसरी वडा सरकारले सम्मान गरेको देख्दा जेष्ठ नागरिक र अपाङ्गता व्यक्ति खुसी भएको देख्छु ।
अब जेष्ठ नागरिको जीवनमा गरेका कार्यको जीवनीको कथाको रेकर्डिङ गरेर प्रत्येक वडा वडाले आफ्नो वडामा अडियो रेकर्ड राख्नु पर्छ । अध्यक्ष धिलालले भने , यसले गर्दा पछि पुराना पुर्खाको आफन्तले स्वयम् आवाज सुन्न पाउने र पुर्खाले गरेको जीवनमा तितामिठा कुरा थाहाँ हुने भएकाले र खस भाषाको पनि यस रेकर्डिङबाट रहिरहने हुन्छ ,धितालले बताए ।

सिँजा गाउँ पालिकाको वडा नम्बर ५ को वडा कार्यालय शनिगाउँबाट लक्षित वर्गलाई हलिक्स र कम्बल दिएर सम्मान गरेको छ ।

सिंजा गाउँपालिका वडा ५ कार्यलय भयको दृश्य :

साताकाे चर्चित
सम्बन्धित