मन्त्रिपरिषद आजै विस्तार गर्ने लक्ष्य छ : प्रधानमन्त्री दाहाल
मन्त्रिपरिषद आजै विस्तार गर्ने लक्ष्य छ : प्रधानमन्त्री दाहाल
    • Bell Sanchar

    • १६ चैत्र २०७९, बिहीबार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथ खुवाउने तयारी भइरहेको बताएका छन्।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यासपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले एक–दुई वटा मन्त्रालयको मात्रै टुंगो लाग्न बाँकी रहेको बताए।

‘यहाँबाट फर्किएलगत्तै बाँकी कुरा टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुन्छ। आजै शपथ गराउने तयारी छ। आज नभ्याए भोलि हुन्छ,’ उनले भने।

उनले सरकारले पूर्णता पाएसँगै राजनीतिक स्थायित्व र देशको आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताए।

शिलान्यास कार्यक्रमबाट प्रधानमन्त्री प्रचण्ड कृषि तथा वन विज्ञान विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुँदैछन्।

साताकाे चर्चित
सम्बन्धित