नगद प्रवाह योजना तर्जुमा समिति गठन ,नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय
नगद प्रवाह योजना तर्जुमा समिति गठन ,नवनियुक्त अर्थमन्त्रीको पहिलो निर्णय
    • Bell Sanchar

    • १७ चैत्र २०७९, शुक्रबार

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन् ।

यो उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

यस्तो समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ । समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु सदस्य रहने भएका छन् ।

सरकारी कोषको अध्ययन गरी यो समितिले सरकारलाई चाल्नु पर्ने कदमबारे सुझाव दिने भएको छ ।

साताकाे चर्चित
सम्बन्धित