नेप्से १७ अंकको गिरावट
नेप्से १७ अंकको गिरावट
    • Bell Sanchar

    • २० चैत्र २०७९, सोमबार

काठमाडौं ।

अर्थमन्त्रीमा कांग्रेस नेता डा. प्रकाशशरण महत नियुक्त भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ ।

अर्थमन्त्री नहुँदा अन्योलमा रहेका सेयर लगानीकर्ता नयाँ अर्थमन्त्री आएपछि पनि आश्वस्त हुन नसक्दा लगातरा दोस्रो दिन पनि सेयर बजारमा गिरावट भएको हो ।

साताको दोस्रो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ ।

व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

व्यापार उपसूचक १.२१ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो ।

घट्दो बजारमा कारोबार रकम पनि घटेको छ । गत सातको अन्तिम दुई दिन १ अर्ब तल झरेको कारोबार रकम आइतबार बढेर १ अर्ब २० करोड नाघेको थियो ।

तर, सोमबार बजारमा कारोबार रकम घटेर पुनः ९२ करोड २ लाख रुपैयाँमा झरेको छ । २७ हजार ४५४ वटा कारोबारमा २८ लाख २९ हजार ४२६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १७३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १० कम्पनीको सेयरमूल्य स्थिर छ ।

कालिञ्चोक दर्शन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.१६ प्रतिशत र विशाल बजार कम्पनीको सेयरमूल्य २.५० प्रतिशतले बढेको हो ।

यता एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले गिरावट हुँदा मायाखोला हाइड्रोपावरको सेयरमूल्य ४.८१ प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले गिरावट भएको छ ।

साताकाे चर्चित
सम्बन्धित