अर्थमन्त्री महत गभर्नर सहितको छलफलमा
अर्थमन्त्री महत गभर्नर सहितको छलफलमा
    • Bell Sanchar

    • २१ चैत्र २०७९, मंगलवार

काठमाडाैं ।

आगामी आर्थिक वर्षको बजेट निर्माण, अर्थतन्त्रको वस्तुस्थिति र अर्थतन्त्रमा देखिएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले अर्थमन्त्री डा. प्रकाशशरण महत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतसँगको समूहसँग छलफलमा रहेका छन् ।

अर्थ मन्त्रालयमा भएको छलफलमा गभर्नर अधिकारी, अर्थ मन्त्रालयका अर्थ सचिव तोया राय, राजस्व सचिव डा. रामप्रसाद घिमिरेसहित सहभागी छन् ।

महत शुक्रवार अर्थमन्त्री नियुक्त भएपछि अर्थतन्त्रको समसामयिक विषय र बजेट निर्माणको योजनामा एकपछि अर्को एजेण्डामाथि छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित