सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
    • Bell Sanchar

    • २१ चैत्र २०७९, मंगलवार

काठमाडौं ।

मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावाल र एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । चाँदीको कारोबार १३ सय ९० रुपैयाँ तोलामा भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित