दाङमा बालविवाह गरेको आरोप प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ
दाङमा बालविवाह गरेको आरोप प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ
    • Bell Sanchar

    • २२ चैत्र २०७९, बुधबार

 दाङ ।

दाङमा बालविवाह गरेको आरोप प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

चैत १९ गते बिवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

बंगलाचुली गाउँपालिका-४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुविरुद्ध  बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए ।

केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उनले बताए । यसबारे थप अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित