जुम्लामा नुन भयाे , सुन जस्तै
जुम्लामा नुन भयाे , सुन जस्तै
    • उमेश बुढा

    • २४ चैत्र २०७९, शुक्रबार

जुम्ला ।

सुनकाे दाँजाेमा तुलना नभए पनि नुन अभाबले जुम्लामा हाहाकार भएको छ । मङ्सिर महिनामा साल्ट टेडिङ्ग कर्पाेरेसन डिपाे कार्यलय नराकाेट बाट नुन वितरण गर्दा ५ केजी पाएकाे थिए, सिँजा ४ का जलन बुढाले भने , त्याे नुन मेराे घरमा १ महिना पनि पुगेन गाेरुगाई , बाख्रा पालेका छु, त्याे नुन पशुवस्तुलाई दिनेकी मान्छेले खाने बुढाले बताए ।

अहिले फेरि पाँच महिना पछि ३ केजी पाएकाे छु । याे ३ केजी पनि सापटी ल्याएकाे व्यक्तिलाई दिनु पर्ने छ । अब नुन के खाने हाे , भन्ने ठुलाे चिन्तामा छु बुढाले बताए । आर्थिक वर्ष २०७९ र ०८० मा हिमा , सिँजा र कनकासुन्दरीमा १ हजार ७ सय कुइन्टल नुन आएकाे र नेपाल सरकारले पनि यतिकाे लागि ढुवानी अनुदान दिएकाे साल्ट टेडिङ्ग कर्पाेरेशन डिपाे कार्यलय नराकाेटका प्रमुख खगेन्द्र मल्लले बताउनु भयाे । अनुदानकाे अभावले नुन जुम्लामा कम मात्रामा आएकाे मल्लले भने , स्थानीय सरकार , प्रदेश सरकार र संघ सरकारलाई ढुवानी हाल्नकाे लागि पहल गरेकाे छु । कुनै पनि ठाउँबाट ढुवानीकाे व्यवस्था भएन भने, याे आर्थिक वर्षमा आउने नुन आउँदैन र नेपाल सरकारले दिनु पर्ने अनुदानकाे ढुवानी अनुसार नुन आइसकेकाे छ , प्रमुख मल्लले बताए ।

जुम्लाको सिँजा क्षेत्रमा नुनकाे अभाव भएको लगभग १ वर्ष भन्दा बढी भइसकेकाे छ । नुन वितरण गर्ने सुचना थाहाँ पाउँदा वितिकै जनता डिपाेमा घुइँचो लाग्छन् । २/ ३ घण्टा लगाएर घरबाट डिपाेमा आउँछन् र दिन भरि लाइनमा बसेर २/ ३ केजी लिएर घर जान्छन् ।

बजारमा अन्य ढिका नुन र पाकेटकाे नुन पनि बेच्न कुनै व्यापारीले राखेका छैन् । मानिसलाई खाना पकाउँदा बिहान बेलुका र दिनमा पनि दैनिक चाँहिने भएकोले झनै त नुन छिट्टै सकिन्छ । नुन भने डिपाेमा छैन् । नुनकाे यस्ताे हाहाकार हुँदा पनि कुनै पनि सरकारमा रहेका जनप्रतिनिधिकाे ध्यानाकर्षण हुन सकेकाे छैन् , जुम्लाका नागरिकहरुले गुनासाे गरेका छन् । जुम्लामा नुन लिनलाई ठुलाे भिड्भाड लाग्ने गरेकाे छ ।

साताकाे चर्चित
सम्बन्धित