कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु
    • Bell Sanchar

    • २९ चैत्र २०७९, बुधबार

काठमाडौं ।

कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित