कनकासुन्दरी घरबाट बेपता भएकी युवती तिला नदिको किनारमा मृत फेला
कनकासुन्दरी घरबाट बेपता भएकी युवती तिला नदिको किनारमा मृत फेला
    • उमेश बुढा

    • २ जेष्ठ २०८०, मंगलवार

  जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ लाहर्ज  (पछाईवाडा ) बस्ने वर्ष २२ कि सृजना रोकाया  (पछाई) तिला नदिको किनारमा सोमवार मृत अवस्थामा फेला परेकी छन् ।

पछाईको शव तिला ७ घोडेसिम स्थित तिला नदिको किनारमा भेटिएको प्रहरी कार्यालय जुम्ला प्रमुख प्रह्लाद कार्कीले बताउनु भयो ।

कार्कीका अनुसार माछा मार्न गएका मानिसले देखेपछि नाग्म प्रहरी चौकीलाई जानकारी गरेका थिए । प्रहरीले घटना स्थलमा मुचुल्का गरेर मङगलवार दिउँसो २ बजे पोष्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएको छ ।

मृतक पछाई बैशाख १९ गते कनकासुन्दरी ६ को पहिली घरबाट माइति घर जाने भनेर गएको बेला देखि सम्पर्क विहिन भएको बुझिएको छ ।

साताकाे चर्चित
सम्बन्धित