बेलायती महारानीको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च
बेलायती महारानीको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं । 

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले जनाएको छ ।

गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो ।

लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उनको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध हजारौं मानिसहरूले लामो समयसम्म लामबद्ध भएर हेरेका थिए ।

अर्थमन्त्री जोन ग्लेनले संसदलाई दिएको लिखित वक्तव्यमा कूल अनुमानित लागत १६ करोड १७ लाख पाउन्ड रहेको र सबैभन्दा ठूलो हिस्सा आन्तरिकमामिला मन्त्रालय अन्तर्गत सात करोड ३७ लाख पाउन्ड रहेको बताएका छन् । त्यसैगरी संस्कृति, सञ्चार र खेलकुद मन्त्रालय अन्तर्गत पाँच करोड ७४ लाख पाउड खर्च गरेको बताइएको छ भने स्कटिश सरकारले एक करोड ८८ लाख खर्च गरेको छ । एजेन्सी

साताकाे चर्चित
सम्बन्धित