पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित
पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित
    • Bell Sanchar

    • १५ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।

मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो ।

नेपालका लागि सम्झना खड्काले १३ र ज्याती पाण्डेले ११ रन बनाइन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित