एमालेको मागपछि सदनमा गृहमन्त्रीको जवाफ
एमालेको मागपछि सदनमा गृहमन्त्रीको जवाफ
    • Bell Sanchar

    • २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

आफ्ना केन्द्रीय सदस्य राम रानालाई ‘सरकार संरक्षित’ लिम्बुवान कार्यकर्ताबाट भएको आक्रमण सम्बन्धमा एमालेले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा सम्बोधन गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमा एमालेले गृहमन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले जवाफ दिएका हुन् ।

केन्द्रीय सदस्य राम रानालाई सरकार संरक्षित लिम्वुवान कार्यकर्ताले ज्युँदै जलाउन खोजेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेकपा एमालेका सांसद योगेश भट्टराईले सदनमा गृहमन्त्रीको जवाफ नआए आन्दोलन जारी राख्ने बताए ।

‘हिजो मात्र सदस्य राम रानामाथि इलामको सोम्याक भञ्जाङमा गाडी तोडफोड भएको छ, मोबिल खनाएर जलाउने प्रयास भएको छ ।

उपसभामुख सृजना दनुवारमाथि उदयपुरमा आक्रमण भएको छ, प्रहरी मुकदर्शक भएर बस्यो । यो किन भइरहेको छ ?’ भट्टराईले प्रश्न गरे ।

साताकाे चर्चित
सम्बन्धित