सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार भत्ता दिने भयको छ ।
सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार भत्ता दिने भयको छ ।
    • Bell Sanchar

    • ९ असार २०८०, शनिबार

जुम्ला

सिंजा गाउँपालिकाले घरमा हुने सुत्केरी दर शून्यमा झार्न सरकारले दिँदै आएको ३ हजार भत्ताबाहेक पालिकाले ५ हजार भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललितबहादुर रोकायाले बताए।

उनले भने, ‘बर्थिङ सेन्टरभन्दा टाढा रहेका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउनेलाई ५ हजार प्रोत्साहन भत्ता दिने गरिएको हो। उनका अनुसार सिंजा गाउँपालिकाले २६ जना महिलालाई सुत्केरी भत्ता दिएको छ। दलित, विपन्न महिलालाई लक्षित गरी स्वास्थ्य शाखाले यस्तो कार्यक्रम लागू गरेको हो।

जुम्लाको सिंजा गाउँपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाले ५ हजार सुत्केरी भत्ता दिएको हो।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले घरमा हुने सुत्केरी दर शून्यमा झार्न यस्तो कार्यक्रम गरिएको बताए । उनका अनुसार सिंजाका केही गाउँ बर्थिङ सेन्टरभन्दा टाढा रहेका छन् । उनीहरु घरमै सुत्केरी हुन्छन् भन्ने थाहा पाएपछि पालिकाले सुत्केरी हुन स्वास्थ्य सांस्थामा आउनेलाई ५ हजार प्रोत्साहन भत्ता दिने गरेको हो।

उनले भने, ‘सिंजाका सबै वडामा प्रसूतिगृह निर्माण गरिएको छ तर केही गाउँ वडाभन्दा टाढा रहेकाले त्यहाँबाट सुत्केरी हुन आउने महिलाका लागि पालिकाले यस्तो कार्यक्रम ल्याएको हो।

उनका अनुसार सिंजा गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई ५ हजार प्रोत्साहन दिने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सिंजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले प्रोत्साहन भत्ता वितरण गर्न थालेपछि सुत्केरी हुने महिला स्वास्थ्य संस्थामा आउन थालेका छन्।

उनले भनिन्, ‘यो वर्ष अझै पनि हाम्रो अपेक्षा रहेको छ। उनले भनिन्, ‘पालिकाको यो कार्यक्रमले निम्नवर्गका परिवारका लागि पोषिलो खानेकुरा खाने र न्यानो लुगा लगाउने सहज हुनेछ।’

साताकाे चर्चित
सम्बन्धित