धादिङको गल्छी बजारमा सरसफाई कार्यक्रम सम्पन्न
धादिङको गल्छी बजारमा सरसफाई कार्यक्रम सम्पन्न
    • Bell Sanchar

    • १० असार २०८०, आईतवार

धादिङ

७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसर पारेर नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले शनिवार गल्छी बजारमा सरसफाई गरेको छ ।

देशभर नै अहिले गर्मि बढि रहेको छ । गर्मि बढि रहेको बेला लामखुट्टेबाट सर्ने रोगहरुले आक्रमण गरिरहेको हुँदा आफ्नो घर टोल छरछिमेक बजार वरपर सफा राख्नुपर्छ भन्ने मुल सन्देश दिने उद्देश्यले आज सरसफाई कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छ ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय कमिटी उपाध्यक्ष निरेशलाल महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारी जयन्तीको अवसर पारेर खेलकुद महासंघ जिल्ला कमिटी धादिङले देशभर नै सन्देशमुलक कार्यक्रमहरूको आयोजना गरी मदन भण्डारीको स्मरण गरिरहेको बताउनु भयो ।

सरसफाई कार्यक्रममा खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज सगुन थापा मगर, खेलकुद महासंघको बागमती प्रदेश कमिटी सदस्य विवेक गिरी,  जिल्ला कमिटी सदस्यहरु विज्ञान इटानी, शिव गिरी, प्रकाश श्रेष्ठ, खेलकुद महासंघ गल्छी गाउँपालिका इन्चार्ज निरज ढुंगाना,  छाङगेश्वरी महिला समुहकी अध्यक्ष गीता खरेल, गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामबाबु खड्का, महिला समुहकी प्रतिनिधि देवकी श्रेष्ठ, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी छाङगेश्वरी महिला समुहको सहयोगमा आयोजना भएको कार्यक्रम नेपाल खेलकुद महासंघ जिल्ला कमिटीका अध्यक्ष मदन खड्काको अध्यक्षतामा सम्पन्न भएको छ । खेलकुद महासंघ जिल्ला कमिटी धादिङले विभिन्न अवसरमा समाजीक सेवामुलक कार्य गर्दै आइरहेको छ । सरसफाई, सामाजिक तथा स्वयंसेवी कार्यक्रमलगायत रचनात्मक कार्य गर्ने तयारी खेलकुद महासंघ जिल्ला कमिटी धादिङको रहेको छ। यस अवसरमा मदनलाई स्मरण गर्ने र विभिन्न कार्यक्रममा नेता कार्यकर्तालाई जोड्ने महासंघका प्रवक्ता तिर्थ खड्काले बताए । ७२ औं मदन भण्डारी जन्म जयन्तीको अवसरमा देशैभरि विभिन्न कार्यक्रमहरु गरेर भव्य मनायको छ ।

सरसफाई कार्यक्रमका केहि तस्विर हरु:

साताकाे चर्चित
सम्बन्धित