दाङ ।
लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आज बुधबारदेखि संसदमा छलफल हुने भएको छ।
बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे छ।
यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो ।
तर बजेटमाथि सत्तापक्षीय सांसदहरूले असन्तुष्टि जनाएपछि बैठक स्थिगित गरिएको थियो ।
उनीहरुले मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले आफू केन्द्रित बजेट ल्याएको भन्दै विरोध गर्दै बजेट सच्चाएर ल्याउन माग गरेका थिए ।
लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।