११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्के ,राष्ट्रपति पौडेल
११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्के ,राष्ट्रपति पौडेल
    • Bell Sanchar

    • १३ असार २०८०, बुधबार

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् ।

उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

अस्पतालमा उनको छातीमा पेस मेकर राखिएको थियो ।

उनी आज डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित