भिजन लुम्बिनी उर्जा कम्पनीले साउनमै आईपिओ निस्कने सम्भावना
भिजन लुम्बिनी उर्जा कम्पनीले साउनमै आईपिओ निस्कने सम्भावना
    • Bell Sanchar

    • १२ श्रावण २०८०, शुक्रबार

आइपिओ

काठमाडौं 

२५ मेगावाट को सेती नदि जलबिद्युत आयोजना प्रबद्र्धन गरेको भिजन लुम्बिनी उर्जा कम्पनीले आफ्ना शेयर सदस्यहरुसगँ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उत्त कम्पनीमा लगानी गर्ने शेयर सदस्यहरु सगँ भचुर्अल जुम बिधिद्धारा २०८० साउन ५ देखि ९ गतेसम्म ५ दिन अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

आयोजनाको काममा हालसम्म भएको कार्यप्रगतिको बिषयमा शेयर सदस्यहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा कम्पनिका व्यबस्थापक कुशलदिप क्षेत्रीले व्यस्थापनमा भएका कार्यप्रगती र प्रोजेक्ट ईन्जिनियर उपेन्द्र घिमिरेले आयोजनामा भएको प्राबिधिक कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यहरुले गरेको प्रश्नको उत्तर कम्पनिका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेल र आयोजना निर्देशक ई लेखनाथ पाण्डेले दिनुभएको थियो ।

बिषेशत शेयर सदस्यहरुवाट IPO निश्काशन तथा विजुली बल्ने मितिका बिषयमा चासो व्यक्त भएकोमा त्यसको जवाफ दिदै IPO निष्कासनका लागि प्रक्रिया अगाडी बढाईएको र यहि श्रावण महिनाभित्रै IPO निश्काशन हुने प्रतिक्रिया दिनुभएको थियो । कार्यकारी अध्यक्ष पोखरेलले आयोजनाका काम करिब ९२ प्रतिशत सकिएको र अबको २र३ महिनामै बत्ति बल्ने बिषयमा ढुक्क हुन शेयर सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । कार्यकारी अध्यक्ष पोखरेलले काम गर्ने सिलसिलसमा केहि अफ्ट्याराहरु आउनु स्वभाविक भएकोले यसलाई समाधान गर्दै गएका छौँ भन्ने जानकारी गराउँदै अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुने सबैप्रति बिषेश धन्यबाद दिनुभएको थियो ।

कोरोना महामारीको बेलामा पनि काम अगाडी बढाउदै नेपालमै सबैभन्दा चाँडो काम सम्पन्न भएको आयोजना भएकोमा अध्यक्ष लगायत सम्पुर्ण टिमलाई शेयर  सदस्यहरुवाट धन्यवाद पनि व्यत्त भएको थियो । कार्यक्रममा संचालक तथा आयोजना निर्देशक ई लेखनाथ पाण्डेले आयोजनाको कार्यका बिषयमा उठेका प्रश्नहरुको जवाफ दिदैँ जति सक्दो चाँडो काम सम्पन्न गर्ने प्रयासमा लागिरहेको जानकारी गराउनु भएको थियो ।

कोरोना महामारीका बेलापनि स्वस्थ्य सतर्कता अपनाउदै स्थानिय सरकार र  जनताहरुसगँ सहकार्य गर्दै काम अगाडी बढाईएकोले काम ३ बर्षमै कामको नतिजा दिन सकिएको बिषयमा जोड दिदै पछिल्लो समय फलाम बढेको मुल्यका कारण केहि लागत बढ्न गएको कुरा पनि जानकारी गराउनु भएको थियो ।

कम्पनिका सोसल डाईरेक्टर बम बहादुर गुरुङले केहि महिना सामाजिक समस्याका कारण काम रोकिएको थियो यसलाई कार्यकारी अध्यक्ष लगायत हाम्रो टिम र स्थानियहरुकै सहगयोगमा समस्या समाधान भईसकेको र अब काम अगाडी बढाउने जानकारी शेयर सदस्यहरुलाई दिनुभएको थियो ।

कार्यक्रममा कम्पनिका अन्य संचालकहरु तेजकुमार गुरुङ,सन्तोष पोखरेल, प्रा.डा.दिपक बहादुर शाक्य,दुर्गा प्रसाद सुवेदी,विनित अग्रवाल,शिव पाण्डे लगायतले अब काम सम्पन्न हुनेमा ढुक्क हुन शेयर सदस्यहरुलाई बिश्वास दिलाउनु भएको थियो । प्रत्येक दिन बिहान ७ बजे संचालन गरिएको कार्यक्रममा करिब ५०० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

औधोगिक शहर बुटवलमा २०७३ सालमा भिजन लुम्बिनी लिमिटेडको नाममा दर्ता भई बिभिन्न क्षेत्रहरुमा कार्य गर्दै आएको कम्पनिले उर्जा क्षेत्रमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १,२,३ ४ र पोखरा उपमहानगरपालिकाको वडा नं १९ मा २५ मेगावाटको सेतिनदि जलबिद्युत आयोजना को निर्माण गरिरहेको छ ।

कम्पनीले अबको केहि दिनमै नेपाल धितोपत्र बोर्डवाट स्विकृत पाएपछि जम्मा ३८ लाख २५ हजार कित्ता शेयर निश्काशन गर्ने तयारी गरेको कम्पनीका व्यबस्थापक कुशलदिप क्षेत्रीले जानकारी दिएका छन् । कम्पनीमा एचआईडिसिएल,शाईन रेसुगां बिकास बैक,प्रभु लाईफ ईन्सुेन्स,सिटिजन लाईफ इन्सुरेन्स लगायत  १४८४ जना संस्थापक शेयर सदस्यहरुले लगानी रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित