रौतहट ने.बि.संघ :भारत बस्ने मन्त्री यादवको छोरा देखि वैदेशिक रोजगारीमा हुने सम्म केन्द्रिय सदस्य
रौतहट ने.बि.संघ :भारत बस्ने मन्त्री यादवको छोरा देखि वैदेशिक रोजगारीमा हुने सम्म केन्द्रिय सदस्य
    • Bell Sanchar

    • २८ श्रावण २०८०, आईतवार

रौतहट ।

नेपाल बिद्यार्थी संघको केन्द्रिय तदर्थ समितिको पुर्णता पाएको छ। मधेस प्रदेशका सभापति एवम् भौतिक पुर्वाधार मन्त्री कृष्ण यादवले आफ्नो गृह जिल्ला रौतहटमा नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्यमा दिल्ली बस्ने आफ्नो छोरा रबि यादवलाई केन्द्रिय समितिमा मनोनीत गराएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका पुर्व गृहमन्त्री एवम् उपसभापति बिम्लेन्द्र निधी निकट  मानिएका रौतहट जिल्लाका पुर्व प्रमुख जिल्ला अधिकारी  रामशरण चिमोरियाका छोरा रितेश चिमोरिया जो बिगत लामो समय देखि वैदेशिक रोजगारीमा बाहिर बस्दै आएका छन्। तिनलाई पनि केन्द्रिय सदस्यमा मनोनीत गराएका छन् ।

शक्तिको दुरुपयोग गर्दै यसरी नियुक्ति र जिम्मेवारी दुने हो भने हामीले राजनीति गर्नुको अस्तित्व नै सकिने बिद्यार्थी नेता संदिप मैनालीले बताए । राजनीतिमा काम र क्षमता भन्दा पनि परिवारवाद र गैर बिद्यार्थीलाई केन्द्रिय सदस्य बनाएको भन्दै नेपाल बिद्यार्थी संघ रौतहटका बिद्यार्थी नेता लगाएतले बिरोध गरेका छन् ।

त्यस्ता गैर बिद्यार्थीलाई नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य बनाउदा बिद्यार्थीहरु हक र अधिकारका लागि राजनीति गर्ने नेताको भावना माथि आघात पुग्ने जन ज्योति बहमुखी क्याम्पसका पुर्व स्ववियु सह-सचिव अर्जुन चौधरीले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित