गृहमन्त्रीले राजीनामा दिन हुन्न : डा दीक्षित   
     गृहमन्त्रीले राजीनामा दिन हुन्न : डा दीक्षित   
    • Bell Sanchar

    • १९ भाद्र २०८०, मंगलवार

काठमाडौँ

राजनीति विश्लेषक डा सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताउनुभएको छ ।

आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताउनुभयो ।

“गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउनुहुँदैन । उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ”, दीक्षितले भन्नुभयो, “त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ तर अहिलेसम्म भ्रष्टाचार काण्डको अनुसन्धान हेर्दा भने हात्ती आयो हात्ती आयो फुस्साजस्तै भइरहेको छ ।”

विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अव्यिक्तिप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले बालेनले आफ्नो पदीयता मर्यादा कायम राख्दै संयमित हुनुपर्नेमा जोड दिनुभयो । दीक्षितले मेयर पदमा बसेर सरकारप्रति अराजकशैलीमा टिप्पणी गर्न नहुने पनि बताउनुभयो

साताकाे चर्चित
सम्बन्धित