दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ ।
राप्ती उपत्यकामा बुधवार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशमा मन्त्रालय थप्दा आर्थिक भार थप हुने र जनताको बीचमा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालय नबढाई सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली चौधरीलाई निर्देशन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको उनले बताए ।