ब्रत: कसरी, किन र कसले बस्ने ?
ब्रत: कसरी, किन र कसले बस्ने ?
    • Bell Sanchar

    • १ आश्विन २०८०, सोमबार

काठमाडौं

तीजमा दिनभर पानी पनि नखाई ब्रत बस्ने चलन छ। यस दिन भगवान शिवको पूजाआजा गर्दा राम्रो पति पाइने तथा पतिको आयु लामो हुने धार्मिक विश्वास छ।

धार्मिक हिसाबले मात्र हैन शारीरिक तथा  मानसिक हिसाबले पनि ब्रत बस्नुका धेरै फाइदा छन्। बेला-बेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। डाइटिसियनहरुका अनुसार हप्तामा एक पटक व्रत वस्नुको अनेक लाभ छ।

ब्रतको विज्ञानः कसरी, किन र कसले बस्ने ?

ब्रतले शरीरको पाचन प्रक्रियाममा आराम हुने हुदा यसले शरिरलाई सहज बनाउछ। साथै शरीरको मेटाबोलिक (खानालाई इनर्जीमा परिणत गर्ने) क्षमतामा वृद्धि गर्न मद्धत गर्छ।

यद्यपी, व्रत बस्दा हामी सबैले विशेष कुराहरुमा ध्यान दिनु अत्यावश्यक छ। अन्यथा यसको नकारात्मक प्रभावका कारण शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ। यसबाट बच्नको लागि यी कुरामा ध्यान दिनु जरुरी छ।

१.व्रतको दिन अत्याधिक पानी पिउनुपर्छ।

२.धेरै परिश्रम हुने काम नगरौं।

३.व्रतको दिन मध्यन्ह खानेकुरा सेवन गरेपनि राती त्यसको मात्रा कम गर्नुपर्छ।

४.विश्राम गरौं र कागती एवं मह मिश्रति पानी सेवन गरौं।

५.व्रतको क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर वाहिर निस्कन्छ। त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुपर्छ।

६.मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ।

ध्यान दिनुपर्ने कुरा

व्रतको बेला शरीरमा पानीको कमी हुनसक्ने भएकोले अधिक पानीको सेवन गर्न जरुरी हुन्छ। प्रतिदिन कम्तीमा ६ देखि ८ गिलास पानीको सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ।

खानामा अंगुर, लिच्ची, खरबुजा, काक्रो लगायतका फलफुललाई समावेश गर्नुहोस् जसले तपाईको शरीरमा पानीको मात्रालाई बढाउन सकोस्।

केही घण्टाको फरकमा पानी तथा फलफुलको सेवन गर्नुहोस्। अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ। त्यसैले आफ्नो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ।

त्यसबाहेक, काजु, किसमिट, पेस्ता लगायतका ड्राइ फु्रटको मनग्य सेवन गरौ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन।

यी रोग भएकाहरुले ब्रत नबसौ

१.मधुमेह तथा उच्च रक्तचाप/हाइपरटेन्सन भएका व्यक्तिले

२.भर्खर अपरेशन गरेकाहरुले

३.रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा

४.मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु

५.गर्भवती महिला

साताकाे चर्चित
सम्बन्धित