ओलीले खिचे ‘राष्ट्रिय झण्डासँग सेल्फी’ [तस्वीरहरू]
ओलीले खिचे ‘राष्ट्रिय झण्डासँग सेल्फी’ [तस्वीरहरू]
    • Bell Sanchar

    • ३ आश्विन २०८०, बुधबार

काठमाडौं । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नक्सालस्थित नारायणचौरमा एमालेले बुधवार संविधान दिवसको दिन राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए । कार्यक्रमा सहभागी भएपछि उनले यसका तस्वीहरू सामाजिक सञ्जालमा समेत राखेका छन् ।

तस्वीर राख्दै ओलीले संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको तथा जनताका ३१ वटा मौलिक हक ग्यारेन्टी गरेको बताएका छन् ।

‘संविधान दिवसको अवसरमा बिहानै सेल्फी विथ नेशनल फ्ल्याग कार्यक्रममा सहभागी भएर फर्कें ।

दशकौं लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधानसभामार्फत संविधान जारी भएको थियो,’ उनले भनेका छन्, ‘संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ र जनताका ३१ वटा मौलिक हक ग्यारेन्टी गरेको छ । संविधानले हामीलाई अधिकार दिएको छ, कर्तव्य, विवेक र इमान्दारिता भने हामी आफैसँग हुनु पर्छ ।’

सोमवार नै एक भिडियो सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

एमालेको कार्यक्रमसँगै बुधवार बिहानैदेखि नारायण चौरमा राष्ट्रिय झण्डाहरूसँगै सेल्फी खिचाउने युवायुवतीको भीड थियो ।

एमाले अध्यक्ष ओली लगायतका नेताहरूले पनि सेल्फी खिचाएका छन् ।

नारायणचौर क्षेत्र वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ ।

तस्वीरहरू

nullnullnullnullnullnullnullnullnullnull

साताकाे चर्चित
सम्बन्धित