अष्ट्रेलियाविरुद्ध भारतको लगातार दोस्रो जीत
अष्ट्रेलियाविरुद्ध भारतको लगातार दोस्रो जीत
    • Bell Sanchar

    • ८ आश्विन २०८०, सोमबार

काठमाडौं

भारतले दोस्रो ओडीआई खेलमा पनि अष्ट्रेलियालाई पराजित गरेको छ । गएराति भएको खेलमा सानदार ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको हो । जीतसँगै तीन ओडीआई खेलको सिरिज भारतले जितेको छ ।

३१७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २१७ रनमा अल आउट भयो । जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउने क्रममा वर्षाको कारण अष्ट्रेलियाले ३३ ओभरमा उक्त लक्ष्य पाएको थियो । अष्ट्रेलियाका शन एबोटले सर्वाधिक ५४ रन बनाए ।

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन/तीन विकेट लिए । प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९९ रन बनाएको थियो । श्रेयस ऐरले सर्वाधिक १०५ रन बनाएका थिए ।

यस्तै शुभमन गिलले १०४ रन बनाए । कप्तान लोकेश राहुलले ५२ रन बनाएका थिए ।

भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । एक खेल भने खेल्न बाँकी नै छ । तेस्रो खेल बुधबार हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित